भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सुरु भएको सात घण्टामा भक्तपुरमा ५० प्रतिशतभन्दा बढी मतदान भएको छ ।
निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म जिल्लाभर ५० प्रतिशतभन्दा बढी मत खसेको हो ।
भक्तपुरमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए । जिल्लाका सबै मतदान केन्द्रमा मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भइरहेको बताइएको छ ।


