भक्तपुरमा निर्वाचनकाे तयारी पूरा, तारवारसहितकाे मतगणनास्थल निर्माण

भक्तपुरमा निर्वाचनकाे तयारी पूरा, तारवारसहितकाे मतगणनास्थल निर्माण

बुधवार, फाल्गुण २० २०८२
बुधवार, फाल्गुण २० २०८२
  • भक्तपुरमा निर्वाचनकाे तयारी पूरा, तारवारसहितकाे मतगणनास्थल निर्माण

    भक्तपुर । भक्तपुरमा प्रतिनिधि सभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार, सबै मतदानस्थल निर्माणको काम सम्पन्न भएका छन् । 

    निर्वाचनका तयारी बारे बुझ्न बुधबार प्रमुख निर्वाचन अधिकारी, सुरक्षा प्रमुख तथा सञ्चारकर्मी सम्मेफित टाेलीले मतदानस्थलकाे अवलोकन गरेको छ । त्यसै क्रममा क्षेत्र नं. १ काे मतगणना हुने स्थान विद्युत प्राधिकरणको तालिम केन्द्र खरिपाटीकाे समेत निरिक्षण गरिएको थियाे । 

    त्यसैगरी क्षेत्र नं. २ काे मतगणना हुने बाेडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रकाे समेत अवलाेकन गरिएको थियाे । बाेडेमा मतगणनाका लागि तारजाली सिसी क्यामेरासहितकाे सुरक्षित स्थान निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । 

    1.jpg

    प्रजिअ ढकालका अनुसार, साे स्थानमा एकैपटक चार स्थानमा मतगणना गर्नेगरी तयारी गरिएको छ । खरिपाटीमा पनि चार स्थानमै गणना गर्ने तयारी अन्तिम चरणमा पुगेको ढकालले जानकारी दिए ।

    जिल्लाका सबै केन्द्रमा मतदान अधिकृत सहितकाे टाेली सम्पूर्ण सामाग्रीसहित यसअघिनै पुगेर सर्वदलीय र सर्वपक्षीय वैठक सम्पन्न गरिसकेका छन् । भक्तपुर  जिल्लाका दुई निर्वाचन क्षेत्रका ७६ मतदान स्थलमा २३३ मतदान केन्द्र निर्धारण गरिएको छ । 

    4.jpg

    प्रत्येक निर्वाचन केन्द्रमा छ जना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको छ । मतदान सम्पन्न गर्न जिल्लामा एक हजार चार सय  कर्मचारी र सात सय स्वयंसेवक खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले बताए । 

    भक्तपुरमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनागरी तीन हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ । अधिकांश मतदान केन्द्रमा सुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेराकाे व्यवस्था गरिएको छ । जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नकै लागि ५० बढी माेवाइल टाेलिका गाडी खटाइएको छ ।

    2.jpg

    अनुगमन टाेलीमा प्रमुख निर्वाचन अधिकृत नवराज दहाल, प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, दुई नं क्षेत्रकी निर्वाचन अधिकृत राधिका सुवाल, प्रमुख सेनानी निरज प्रताप जवरा, प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काकाे उपस्थिति रहेको थियाे । त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक बासुदेव महत, उप अनुशासन निर्देशक हेमन्त कार्की, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यकाे सहभागिता रहेको थियाे । 

    3.jpg

    त्यसैगरी अनुगमन अधिकृत एवं काेष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महेश दहाल, सुर्यबिनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सिभिल अनुगमन टाेलीका सदस्य युवराज आचार्य, जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगर र सञ्चारकर्मीकाे उपस्थिति रहेको थियाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij