ज्ञान सरोवर मन्टेश्वरिको ११औँ अभिभावक दिवस तथा दीक्षान्त सम्पन्न

ज्ञान सरोवर मन्टेश्वरिको ११औँ अभिभावक दिवस तथा दीक्षान्त सम्पन्न

सोमवार, फाल्गुण १८ २०८२
सोमवार, फाल्गुण १८ २०८२
  • ज्ञान सरोवर मन्टेश्वरिको ११औँ अभिभावक दिवस तथा दीक्षान्त सम्पन्न

    भक्तपुर । सूर्यविनायक–४ हर्षचोक, सृजनशील टोलमा अवस्थित ज्ञान सरोवर मन्टेश्वरि विद्यालयले आफ्नो ११औँ अभिभावक दिवस तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। फागुन १७ गते आयोजना गरिएको कार्यक्रम मध्यपुर थिमि–३ चारदोबाटोस्थित तान्वे बैंक्वेटमा सम्पन्न भएको हो।

    विद्यालयकी संस्थापक प्रिन्सिपल निर्मला रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूर्यविनायक–४ का वडा अध्यक्ष लछुमन न्यौपाने प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी ॐ सृजनशील समाजका अध्यक्ष अर्जुन केशी र प्राथमिक विद्यालय संगठनका केन्द्रीय अध्यक्ष बद्री दाहाल विशेष अतिथिका रूपमा उपस्थित थिए।

    63.jpg

    समारोहमा यूकेजी तहका ९ जना ६ वर्षमुनिका विद्यार्थी दीक्षित भएका थिए। दीक्षान्त अवसरमा बालबालिकाले प्रस्तुत गरेको लैङ्गिक हिंसाविरुद्धको सचेतनामूलक नाटकले उपस्थित अभिभावकहरूलाई गम्भीर बनाएको थियो।

    कार्यक्रममा वर्षभरि सञ्चालन गरिएका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। साथै उत्कृष्ट शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो।

    62.jpg

    सोही अवसरमा आयोजित ‘मिस्ट्री गिफ्ट’ खेल अन्तर्गत नम्रता ढुङ्गेल दाहाल भाग्यमानी अभिभावकका रूपमा सम्मानित भएकी थिइन्। विद्यालयले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरेको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij