भक्तपुरमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखिकरण

भक्तपुरमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखिकरण

बुधवार, फाल्गुण १३ २०८२
बुधवार, फाल्गुण १३ २०८२
  • भक्तपुरमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई अभिमुखिकरण

    भक्तपुर । भक्तपुरमा मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । नेपाल बिधुत प्राधिकरणको  खरिपाटीस्थित तालिम केन्द्रमा आयोजित अभिमुखिकरणमाभक्तपुर क्षेत्र नं १ का सबै ११९ मतदान केन्द्रमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतको सहभागीता रहेको छ । 

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी निर्वाचनलाई व्यवस्थित तथा मर्यादित रूपमा सम्पन्न गराउन अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा मुख्य निर्वाचन अधिकृत नवराज दहाल, जिल्ला न्यायाधीश विनोद कुमार गौतम, प्रमुख जिल्ला अधिकारी उमेश ढकाल लगायतको उपस्थिति रहेको थियो । 

    637076826_1287215833302123_8184698135396947709_n.jpg

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अनुसार, क्षेत्र नं. १ का दुई सय ३८ जना निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई  चार समुहमा बिभाजन गरि अभिमुखिकरण गरिएको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार, अभिमुखिकरणका क्रममा समग्र निर्वाचन व्यवस्थापन र शान्ति सुरक्षा, प्रतिनिधि सभा सदस्य निर्वाचन सम्बन्धि कानुनी व्यवस्थाका बारेमा प्रशिक्षण दिइएको छ । 

    639789584_1461113062333842_3240835691226079124_n.jpg

    त्यसैगरी मतदानको व्यवस्थापकीय पक्ष र मतदान प्रक्रिया, आर्थिक व्यवस्थापन आचारसंहिता वारे जानकारी दिइएको थियो । त्यस्तै मतगणना सम्बन्धि व्यवस्थापकीय कार्य तथा नमुना मतदानको प्रयोगात्मक पाटो लगायतका विषयमा जनकारी गराइएको अनुगमन अधिकृत एवं कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख महृश दहालले जानकारी दिए । 

    636187669_2356519028146150_2789324969401315113_n.jpg

    कार्यक्रममा दुई नं क्षेत्रकी निर्वाचन अधिकृत राधिका सुवाल, प्रमुख सेनानी निरज प्रताप जवरा, प्रहरी उपरीक्षक सुर्य बहादुर खड्काको उपस्थिति रहेको थियो । त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षक बाशुदेव महत, उप अनुशासन निर्देशक हेमन्त कार्की, सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्य सहायक निर्वाचन अधिकृतहरू हेमराज शर्मा र गणेश कुमार शर्मा लगायतको सहभागिता रहेको थियो । 

    638322612_4027667194192167_6374792376012342211_n.jpg

    जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख प्रकाश मगरका अनुसार क्षेत्र नं. २ का मतदान अधिकृतका लागि  यस्तै खाले अभिमुखिकरण कार्यक्रम बिहिवार खरिपाटीमै आयोजना गरिने बताए ।

    635726342_930987429388658_3969223660371902965_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij