९ लाख ३९ हजार राजस्व असुली

९ लाख ३९ हजार राजस्व असुली

बुधवार, फाल्गुण ६ २०८२
बुधवार, फाल्गुण ६ २०८२
  • ९ लाख ३९ हजार राजस्व असुली

    कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ ।

    उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए । 

    यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको उनले जानकारी दिए। दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij