काठमाडौं । बझाङ केन्द्रविन्दु बनाएर मध्यराती भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, शुक्रबार राति ११ वजेर ३२ मिनटमा बझाङको पातलचौर केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
मध्य रातमा भुुकम्पले हल्लाएपछि स्थानीय घरबाहिर निस्किएका थिए । यसअघि पुस १९ गते सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।