कटुवा पेस्तोलसहित युवा पक्राउ

कटुवा पेस्तोलसहित युवा पक्राउ

शुक्रवार, पौष ४ २०८२
शुक्रवार, पौष ४ २०८२
  • कटुवा पेस्तोलसहित युवा पक्राउ
    तनहुँ । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । 
     
    तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा  बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन् । प्रहरीले सवारीसाधान रोकी जाँच गर्ने क्रममा यादव पेस्तोलसहित भेटिएका थिए । यादव बाराको कलैयाबाट पोखरातर्फ आउँदै गरेको ग२ख २७५ नम्बरको बसमा सवार थिए । 
     
    यादवलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आबुँखैरेनीमा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए । पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij