स्रोत नखुलेको चार लाख बढी रकमसहित एक जना पक्राउ

स्रोत नखुलेको चार लाख बढी रकमसहित एक जना पक्राउ

सोमवार, मंसिर २९ २०८२
सोमवार, मंसिर २९ २०८२
  • स्रोत नखुलेको चार लाख बढी रकमसहित एक जना पक्राउ
    नेपालगञ्ज । प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र एक लाखसहित एक जनालाई पक्राउ गरेको छ । 
     
    नेपालगञ्ज उपमहानगरपालिका–११ त्रिभुवन चोकबाट भारु ५०० का ६४५ थान, भारु १०० का ५०२ थान र १००० नेपालीका १०० थानसहित सुनिलकुमार बानियाँलाई पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय, कोहलपुरमा आज बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । 
     
    नेपालगञ्जको त्रिभुवन चोकमा रहेको कुमार जनरल स्टोरका सञ्चालक बानियाँले स्रोत नखुलेको रकमको कारोबार गर्ने गरेको भन्ने विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij