काठमाडौँविरुद्ध टस जितेर कर्णाली ब्याटिङमा

काठमाडौँविरुद्ध टस जितेर कर्णाली ब्याटिङमा

आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौँविरुद्ध टस जितेर कर्णाली ब्याटिङमा
    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको कर्णाली याक्स र काठमाडौँ गोर्खाज प्रतिस्पर्धा गर्दैछन् । र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा कर्णालीले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ । 
     
    सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले जारी प्रतियोगितामा चार खेलमा एउटामा मात्रै जीत निकालेको छ । दुई अङ्क मात्रै जोडेको कर्णाली छैटौँ स्थानमा छ । प्लेअफमा यात्राको बाटोमा रहिरहन उसलाई आजको जीत आवश्यक छ । 
     
    करण केसीको नेतृत्वमा रहेको काठमाडौँले पाँच खेलबाट तीनमा जीत निकाल्दै तालिकाको तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा जोडिन काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण हुनेछ । 
     
    प्रतियोगितामा अपराजित सुदूरपश्चिम रोयल्स पाँच वटै खेलमा जीतका साथ प्लेअफमा सुरक्षित भइसकेको छ । नेपाल क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij