सुनचाँदीको मोल निरन्तर बढ्दो, तोलामा कति ?

सुनचाँदीको मोल निरन्तर बढ्दो, तोलामा कति ?

आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • सुनचाँदीको मोल निरन्तर बढ्दो, तोलामा कति ?

    काठमाडौ। अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५२ हजार २०० कायम भएको छ ।

    आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार ४९० निर्धारण भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५० हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार ३४५ मा कारोबार भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १७५ र त्यति नै चाँदै ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij