एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • एनपिएलः कर्णालीद्वारा विराटनगरलाई १६१ रनको लक्ष्य

    काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङसलाई जीतका लागि १६१ रनको लक्ष्य दिएको छ । 

    र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले २० ओभरमा ३ विकेटको क्षतिमा १६० रन बनायो । उसका लागि प्रियान्क पञ्चालले सर्वाधिक ६३  तथा विलियम बोसिस्टोले अविजित ४८ रनको योगदान गरे । यी दुवै ब्याटरले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे । 

    विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १र१ विकेट लिए ।

    तीन खेलबाट दुई अङ्क जोडेको कर्णालीलाई प्लेअफ पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ ।

    अहिले विराटनगर जवाफी ब्याटिङमा उत्रिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij