एनपिएलः जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी

एनपिएलः जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी

शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • एनपिएलः जोन सिम्प्सन अर्धशतक बनाउने १२औँ खेलाडी

    काठमाडौं ।  राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका जोन सिम्प्सनले अर्धशतक प्रहार गरेका छन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा जारी चितवन राइनोजविरुद्धको खेलमा उनले २५ बलमा ५० रन पूरा गरेका हुन् ।

    सिम्प्सन काठमाडौँका लागि एनपिएलको दोस्रो सिजनमा अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन् । योसँगै जारी सिजनमा १५ अर्धशतक प्रहार भएका छन् ।  जसमा १२ खेलाडी सामेल छन् । सिम्प्सन अर्धशतक हिर्काउने १२औँ खेलाडी बने ।

    यसअघि यसअघि चितवन राइनोजका रवि बोपराले तीन, पोखरा एभेनजर्सका कुशल भुर्तेलले दुई अर्धशतक हिर्काएका छन् । यस्तै सुदूरपश्चिम रोयल्सका विनोद भण्डारी, जोश ब्राउन, हरमित सिंह, विराटनगर किंग्सका  लोकेश बम, मार्टिन गुप्टिल, कर्णाली याक्सका प्रियान्क पन्चाल, पोखराका  सुमित बर्माले, जनकपुर  बोल्ट्सका वायन पार्नेल र आशिफ शेखले एक÷एक अर्धशतक हिर्काएका छन् । कर्णालीका मार्क वाट मात्रै जारी प्रतियोगितामा शतक हिर्काउने एक मात्र खेलाडी हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij