काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ ।
विहीबार भएको खेलमा पोखराले साविक विजेता जनकपुरलाई २५ रनले पराजित गर्दै २ अंक जोडेको हो ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले दिएको १५६ रनको लक्ष्य पछ्याएको जनकपुरले ९ विकेटको क्षतिमा १३० रन मात्र जोड्न सक्यो।वाइने पार्नेलले रिटायर्ड हर्ट हुनुअघि ३८ बलमा ५० रन बनाए । पोखराका विपिन खत्रीले १५ रन खर्चेर ४ विकेट लिए ।
पोखराले यसअघि पहिलो खेलमा विराटनगरसँग ५३ रनले र दोस्रो खेलमा सुदूरपश्चिमसँग १८ रनले पराजित भएको थियो ।
जनकपुरको भने यो लगातार तेस्रो हार हो । जनकपुरले यसअघि पहिलो खेलमा काठमाण्डू गोर्खाजसँग पाँच विकेटको र दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध नौ रनको हार व्यहोरेको थियो ।