कालोसूचीमा राख्नुअघि सरकारले सोध्यो १४ कम्पनीलाई सात दिने स्पष्टीकरण

कालोसूचीमा राख्नुअघि सरकारले सोध्यो १४ कम्पनीलाई सात दिने स्पष्टीकरण

बिहिवार, मंसिर ११ २०८२
बिहिवार, मंसिर ११ २०८२
  • कालोसूचीमा राख्नुअघि सरकारले सोध्यो १४ कम्पनीलाई सात दिने स्पष्टीकरण

    काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ ।

    कार्यालयले एक सूचनामार्फत विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम नगर्नेलाई सात दिने स्पष्टीकरण सोधेको हो । 

     

    यसअघि ३० दिने स्पष्टीकरण सोधिएकोमा कुनै जवाफ नआएपछि कार्यालयले ती कम्पनीहरूलाई सात दिने स्पष्टीकरण सोधेको हो ।

    जिम्मा लिएको विकास निर्माणको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम सरकारले कालो सूचीमा राख्दै आएको छ।

    image-299-383x768.png
    undefined

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij