एनपिएलः विराटनगरलाई १७५ रनको चुनौती

एनपिएलः विराटनगरलाई १७५ रनको चुनौती

बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • एनपिएलः विराटनगरलाई १७५ रनको चुनौती
    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको खेलमा चितवन राइनोजले विराटनगर किङ्ग्सलाई १७५ रनको लक्ष्य दिएको छ ।
     
    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७४ रन बनायो ।
     
    जसमा रवी बोपराले अर्धशतक हिर्काउँदै  ६५, सैफ अली जैबले ३२ र देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० रनको योगदान गरे । 
     
    विराटनगरका कप्तान सन्दीप लामिछानेले २, मर्चेन्ट डे लाङले २, शुभम रञ्जनेले १ विकेट लिए । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जीतसहित तालिकाको दोस्रो स्थानमा छ । कुशल मल्लको नेतृत्वमा रहेको चितवन दुई खेलबाट दुई अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । विराटनगर लगातार चौथो खेल जित्दै ‘प्लेअफ’मा आफ्नो दाबेदारी प्रस्तुत गर्ने लक्ष्यमा छ । 
     
    चितवनले यसअघिका खेलमा एकमा हार र एकमा जीत निकालेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij