नेपाली काँग्रेस बागमति प्रदेशको पुर्ण बैठक भोलीदेखि नगरकोटमा

नेपाली काँग्रेस बागमति प्रदेशको पुर्ण बैठक भोलीदेखि नगरकोटमा

बिहिवार, कार्तिक २७ २०८२
बिहिवार, कार्तिक २७ २०८२
  • नेपाली काँग्रेस बागमति प्रदेशको पुर्ण बैठक भोलीदेखि नगरकोटमा

    भक्तपुर । भोलीदेखि भक्तपुरको नगरकोटमा आयोजना हुने नेपाली काँग्रेस वागमती प्रदेश कार्यसमितिको १३ औं पूर्ण बैठकको सम्पूर्ण तयारी पुरा भएको छ । नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले काँत्तिक २८ र २९ गते भक्तपुरको पर्यटकीय क्षेत्र नगरकोटमा हुने बैठकको तयारी पुरा भएको जनाएको हो ।

    काँग्रेस जिल्ला सभापति दूर्लभ थापाले यो बैठकले जेनजी आन्दोलन पछिको नेपाली काँग्रेस वागमती प्रदेशको धारणा बाहिर आउने बताउदै पार्टीको केन्द्रीय कमिटी बैठक सम्पन्न भएन भने सो बैठकलाई समेत सुझाब दिने गरि बैठकले निर्णय सार्वजनिक गर्ने बताए  । काँग्रेसले केही गरेको छैन भन्ने धारणा बोकेका पार्टीका केही नेतालाई हामी सुतेका छैनौ, वडादेखि नगरपालिका र जिल्लास्तरमा निरन्तर कार्यक्रम गरिरहेका छौँ, भन्ने देखाउन पनि भक्तपुरमा वागमती प्रदेश सभाको बैठक राखिएको सभापति थापाको भनाई थियो ।

    578995362_1340147697577417_3773477398981412595_n.jpg

    प्रदेशको बैठक पछि काँग्रेसलाई एक ढिक्का बनाएर लेजाने सन्देश दिन नेपाली काँग्रेस भक्तपुरले छिट्टै ७७ वटै जिल्लाका काँग्रेस जिल्ला सभापतिहरुको भेला पनि भक्तपुरमै गर्ने तयारी गरेको थापाले जानकारी दिए ।

    महामन्त्रीहरु पार्टी नेतृत्वमा जान हतार गर्नुभन्दा पार्टी बलियो बनाउन लाग्नुपर्छ ः भक्तपुर सभापति थापा

    जिल्ला सभापति थापाले धमिलो पानीमा माछा मारेर नेतृत्व हत्याउला भन्ने मनसायले महामन्त्रीहरुले महाधिवेशनको नाममा चलखेल गरेर पार्टीमा अस्थिरता ल्याउन खोजेको आरोप लगाउँदै नेतृत्वमा जान हतार गर्नुभन्दा पहिला पार्टी बलियो बनाउन लाग्नुपर्ने बताए ।

    पार्टी अहिले अफ्ठ्यारो परिस्थितिमा रहेको उल्लेखगर्दै थापाले यस्तो अवस्थामा नगरकोटमा सम्पन्न हुने प्रदेशको पूर्ण बैठकले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताए । चुनाबबाट काँग्रेस कहिल्यै नभाग्ने बताउदै थापाले शान्तिपूर्ण रुपमा चुनाब गर्न सक्ने वातावरण र सुरक्षाको प्रत्याभूति सरकारले दिनुपर्नेमा जोड दिए । 

    पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस वागमती प्रदेशको पूर्ण बैठक आयोजना समितिका संयोजक एवं बागामति प्रदेशका पुर्वमन्त्री कृष्णलाल भँडेलले पार्टीका वागमती प्रदेश सभापति इन्द्र बानियाँको सभापतित्वमा हुने बैठकको पार्टीका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले उद्घाटन गर्ने जानकारी दिए । संयोजक भंडेलका अनुसार, बैठकमा प्रदेश समितिका १३० जना सदस्य, ३७ जना पार्टीका प्रदेश सभा सदस्य, १३ जिल्लाका १३ जिल्ला सभापति गरि १८० जनाको सहभागिता रहने बताए । 

    582013618_1807083409974000_8320197786792611771_n.jpg

    शुक्रवार बिहान ११ बजे मध्यपुरथिमिको शखधर साख्वाःको शालिकमा परिक्रमा गरि ४ सयबढीको मोटरसाइकल र्याली गरि नगरकोट बसपार्कबाट कार्यक्रमस्थलसम्म धिमे लगायतका बाजाहरु, र्साँस्कृतिक झाकीहरुसहित कार्यक्रमस्थल पुगेर उद्घाटन गरिने कार्यक्रम रहेको संयोजक भंडेलले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij