भक्तपुर र ललितपुरका बालबालिका ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

भक्तपुर र ललितपुरका बालबालिका ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

मंगलवार, कार्तिक २५ २०८२
मंगलवार, कार्तिक २५ २०८२
  • भक्तपुर र ललितपुरका बालबालिका ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन सुरु

    काठमाडौं।सरकारले ‘स्वर्ण विन्दु प्राशन’ (विशेष आयुर्वेदिक औषधि)आजदेखि ललितपुर र भक्तपुरका एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई खुवाउन थालेको छ ।

    आज दुवै जिल्लास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा केन्द्रमा बालबालिकालाई ल्याई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको छ । मह, ब्राह्मी (घ्यू) र सुनको भष्मबाट बनेको थोपास्वरुप सेवन गराइने विधिलाई ‘स्वर्ण विन्दु प्राशन’ आज खुवाइएको हो ।

    बालबालिकालाई बौद्धिक क्षमता विकास, सामाजिक तथा मानसिक क्षमता विकास गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले यस आर्थिक वर्षमा देशभरका २५ आयुर्वेद केन्द्रबाट ‘स्वर्ण विन्दु प्राशन’ खुवाउन तयारी गरेको छ । विभागका चिकित्सक डा सुशान्त भण्डारीले ललितपुरको महालक्ष्मी र भक्तपुरको कमलविनायकमा बालबालिकालाई पहिलो चरणमा ‘स्वर्ण विन्दु प्राशन’ खुवाइएको जानकारी दिए ।

    उनका अनुसार ललितपुरमा १८० र भक्तपुरमा ८० बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’को थोपा खुवाइएको छ । उनले ‘स्वर्ण विन्दु प्राशन’ खाएका बालबालिकामा बौद्धिक विकास देखिने बताए।

    उनका अनुसार एकदेखि दुई वर्षका बालबालिकालाई दुई थोपा र तीनदेखि पाँच वर्ष मुनिका बालबालिकालाई चार थोपा ‘स्वर्ण विन्दु प्राशन’ खुवाउनुपर्ने हुन्छ । विभागले गत भदौ ५ गते धनगढीबाट ‘स्वर्ण विन्दु प्राशन’को सुरुआत गरेको हो ।

    विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादव ‘स्वर्ण विन्दु प्राशन’को प्रभाव बालबालिकालाई परेकाले चाँडै नै देशभरिका आयुर्वेद केन्द्रबाट सबै बालबालिकालाई खुवाउने गरी तयारी गर्ने जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij