भक्तपुरमा तोडफोड र आगजनीमा संलग्न तीन पक्राउ

भक्तपुरमा तोडफोड र आगजनीमा संलग्न तीन पक्राउ

सोमवार, कार्तिक २४ २०८२
सोमवार, कार्तिक २४ २०८२
  • भक्तपुरमा तोडफोड र आगजनीमा संलग्न तीन पक्राउ

    भक्तपुर । भक्तपुरमा जेन्जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २०८२ भदौ २४ गते सूर्यविनायक–८ जगातीस्थित प्रहरी वृत्त जगाती र चाँगुनारायण–७ को प्रहरी प्रभाग खरिपाटीमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–९ पलासेका सुदिप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–३ घर भई हाल भक्तपुरमा बस्दै आएका छेकु लामा र चाँगुनारायण नगरपालिका–६ खरिपाटीका ४६ वर्षका सुरेश बास्तोला रहेको प्र.ना.उ. प्रकाश जबेगुले जानकारी दिए । 

    उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij