एसइईको प्रमाणपत्रमा भएको त्रुटि सच्याउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा विद्यार्थीको भिड

एसइईको प्रमाणपत्रमा भएको त्रुटि सच्याउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा विद्यार्थीको भिड

आइतवार, कार्तिक २३ २०८२
आइतवार, कार्तिक २३ २०८२
  • एसइईको प्रमाणपत्रमा भएको त्रुटि सच्याउन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा विद्यार्थीको भिड

    काठमाडौँ। सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को कार्यालयमा विद्यार्थीको भिड लागेको छ।

    माध्यमिक शिक्षा परीक्षा (एसइई) को प्रमाणपत्रमा भएको त्रुटि सच्याउन र ग्रेड वृद्धि परीक्षापछि मार्कसिट एउटै बनाउन विद्यार्थी सानोठिमी आएका हुन्।

     

    कार्यालयका अनुसार धेरैजसो ग्रेड वृद्धि परीक्षापछि एउटै मार्कसिट बनाउन आउने धेरै छन्।

    सेवाग्राहीको भीड लागेपछि कार्यालयले जिल्ला शिक्षा समन्वय इकाईमार्फत निवेदन लिएर सेवा काम गर्ने निर्णय गरेको छ।

    जिल्लामा संकलन गरेर केन्द्रमा पठाउने र केन्द्रले काम गरेर इकाईमा पठाउने निर्णय गरेको छ । तर एक साता यता सेवाग्राहीको भीड भने सानो ठिमीमा लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij