यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने ४ पक्राउ

यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने ४ पक्राउ

शनिवार, कार्तिक २२ २०८२
शनिवार, कार्तिक २२ २०८२
  • यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने ४ पक्राउ

    भक्तपुर । जिल्ला प्रहरी परिसरले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते मध्यपुरथिमि राधेराधेस्थित यातायात व्यवस्था कार्यालय र सानोथिमि प्रहरी प्रभागमा आगजनी गर्ने चार जनालाई शुक्रबार पक्राउ गरको छ । 

    प्रहरीले आगजनी गर्ने चाँगुनारायण–२ दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोथिमि बस्ने २३ वर्षीय सागर मगर, रामेछाप घर भई हाल सानोथिमि मगरगाउँ बस्ने १९ वर्षीय हिमाल श्रेष्ठ र सानोथिमि बस्ने २४ वर्षीय संजितकुमार ठाकुरलाई पक्राउ गरेको परिसरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक प्रकाश जवेजुले जानकारी दिए । पक्राउ परेकाहरूबारे थप अनुन्धान भइरहेको उनले जानकारी दिए ।

    जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विभिन्न कारागारबाट फरार भएका थप पाँच जना कैदीबन्दीलाई पक्राउ गरी सम्बन्धित कारागारमा पठाइएको उनले जानकारी दिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij