उपत्यकाका चार गणेशलाई चौरासी व्यञ्जनसहित भोजन अर्पण

उपत्यकाका चार गणेशलाई चौरासी व्यञ्जनसहित भोजन अर्पण

बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • उपत्यकाका चार गणेशलाई चौरासी व्यञ्जनसहित भोजन अर्पण

    भक्तपुर ।  मध्यपुरथिमि नगरपालिकास्थित नगदेशका स्थानीयले आज उपत्यका चार गणेश मन्दिरमा सङ्कल्प पूजा गरी चौरासी व्यञ्जन भोजन अर्पण गरेका छन् । 

    देशमा कुनै पनि अनिष्ट नहोस् र शान्ति कायम होस् भन्ने कामना गर्दै प्रत्येक चार वर्षमा एक पटक हुने सङ्कल्प पूजा आज मध्यपुरथिमिको नगदेशस्थित नगदेश न्हु हिति सांस्कृतिक समूहले सङ्कल्प पूजा एवं चौरासी व्यञ्जन भोजन अर्पण गरेको हो ।

    समूहले आज नगदेशबाट नेवारी परम्परागत पोशाक र बाजागाजासहित मध्यपुरथिमिस्थित नगदेशको श्री सिद्धि गणेशको पूजा गरी सङ्कल्प भोजन चढाएर पूजा गरेका हुन् । 

    सिद्धि गणेशको सङ्कल्प पूजापछि आजै उपत्यकाका प्रसिद्ध चार गणेशमध्ये भक्तपुरको सूर्यविनायक, चोभारको जलविनायक, काठमाडौँ मरुटोलस्थित अशोक विनायक र चावहिलको रक्त विनायक मन्दिरमा सांस्कृतिक समूहले चौरासी व्यञ्जनसहित भोज चढाएर सङ्कल्प पूजा गरेको सूमहका संयोजक कृष्णभक्त ध्याकोले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij