एसईई परिक्षामा सफल विद्यार्थीलाई ॐ सृजनशील समाजको सम्मान

एसईई परिक्षामा सफल विद्यार्थीलाई ॐ सृजनशील समाजको सम्मान

आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • एसईई परिक्षामा सफल विद्यार्थीलाई ॐ सृजनशील समाजको सम्मान

    भक्तपुर । ॐ सृजनशील समाज भक्तपुरले यस बर्ष एसईई परिक्षामा सफल भएका विद्यार्थीलाई सम्मान गरेको छ । सूर्यविनायक नगरपालीका- ४ स्थित क्लबले  २०८१ काे एसईई परिक्षामा सफल भएका विद्यार्थीलाई सम्मान गरेको हाे ।

    क्लवले शनिबार सो क्षेत्रमा बसोबास गर्ने  बिधार्थीलाई प्रोत्साहित गर्ने उधेश्यले खादा, मायाको चिनो तथा प्रमाणपत्र प्रदान गरेर सम्मान गरेको अध्यक्ष अर्जुन केसीले बताए ।सुर्यबिनायक नगरपालिका वडा नं ४ का अध्यक्ष लछुराम न्यौपाने, वडा सदस्यहरु बिदुर खड्का, पम्फा परियार,  दधिकोट खानेपानीका अध्यक्ष कृष्णहरि खड्काले एसईई उतिर्णलाई सम्मानपत्र, खादा र मायाको चिनाे प्रदान गरका थिए ।

    सोहि अवसरमा यस वर्षको एसईईमा मोर्डन स्कुलबाट चार जिपिए ल्याउँने छात्रा सुधि त्रिपाठीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधनगर्दै वडाअध्यक्ष न्यौपानेले यस्ता खाले कार्यक्रमले बिद्यार्थीलाई थप मेहनत गरेर पढ्न हौसला मिल्ने बताएका थिए । 

    कार्यक्रममा प्रहरी प्रभाग दधिकोट, विभिन्न टोल सुधार का प्रतिनिधिहरु, समाज सेवी, क्लबका पदाधिकारी तथा सदस्यहरु, अभिभावक तथा स्थानीय बासीकाे उपस्थिति रहेको थियो ।

    524162890_1091586913062999_9082471021337450892_n.jpg

    सो कार्यक्रममा क्लबका तत्कालिन कार्य समिति सदस्य चन्द्र भण्डारी को असमायिक निधन भएकाले भण्डारीको स्मृतिमा उनकी श्रीमती मेनुका थापाको उपस्थितिमा चन्द्र भण्डारी स्मृति कोष खडा भएको घोषणा पनि गरिएको थियो । उक्त कोषले हरेक बर्ष एक जना बिपन्न, एकल परिवारको बिधार्थीलाई  छात्रवृत्ति दिने घोषणा समेत गरेको छ ।

    जसअनुसार यस बर्ष अरनिको माध्यमिक बिधालय गाम्चामा कक्षा ६ मा अध्ययनरत एकल परिवारकि जेहन्दार छात्रा एन्जोलिना पोख्रेललाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरिएको थियो । सो अवसरमा छात्रालाई स्कुल ब्याग, कपि, कलम तथा अन्य सामाग्री कोषकि संयोजक मेनुका थापाले प्रदान गरेकी थिइन्।

    511210366_1664514934204623_5197579738116790330_n.jpg

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij