फिस टनेल एक्स्पो सम्पन्न, बेवारिसे जनावर र विकासका लागि सहयोग

फिस टनेल एक्स्पो सम्पन्न, बेवारिसे जनावर र विकासका लागि सहयोग

सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • फिस टनेल एक्स्पो सम्पन्न, बेवारिसे जनावर र विकासका लागि सहयोग

    भक्तपुर । भक्तपुरको राधेराधेमा सञ्चालन गरिएको ‘फिस टनेल एक्स्पो’ सामाजिक र शैक्षिक उद्देश्यसँगै सम्पन्न भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा गत असार ६ गतेदेखि सुरु भएको उक्त एक्स्पो साउन १० गते सम्पन्न भएकाे हाे ।

    Spectators thronged to the 'Fish Tunnel Expo' in Bhaktapur

    आयोजक संस्थाका अध्यक्ष सन्दीप महतका अनुसार, साे अवधिमा करिब ५५ हजार दर्शकले एक्स्पोको अवलोकन गरेका छन् ।

    एक्स्पोमा १२६ प्रकारका रंगीन तथा दुर्लभ समुद्री माछाहरू प्रदर्शनीमा राखिएका थिए, जुन भारत र थाइल्यान्डबाट आयात गरिएका हुन् । उक्त प्रदर्शनीमा बालबालिकालाई जलजीवको ज्ञान दिन शैक्षिक छुटको व्यवस्था गरिएको थियाे । 

    Spectators thronged to the 'Fish Tunnel Expo' in Bhaktapur

    दर्शकहरूले सामान्यतः दुई सय रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म मूल्य पर्ने आकर्षक माछाहरू अवलोकन गर्ने अवसर पाएपछि विद्यार्थी र बालबालिका महाेत्सवमा झुम्मिएका थिए । 

    समाजिक उत्तरदायित्व अन्तर्गत औद्योगिक शान्ति नेपाल संस्थाले बेवारिसे सडक जनावरको संरक्षणका लागि ‘सारा जनावर उद्धार केन्द्र नेपाल’लाई ९ हजार रूपैयाँ नगद सहयोग गरेको छ । “बेवारिसे जनावरलाई खाना खुवाउने उद्देश्यले हामीले यो सहयोग गरेका हौं,” अध्यक्ष महतले बताए ।

    1.jpeg

    त्यसैगरी, एक्स्पो सञ्चालन गरिएको राधेराधे टोलको विकासका लागि संस्थाले थप ५१ हजार रूपैयाँ सहयोग गरेको उनले जानकारी दिए । सामाजिक सेवा र जनचेतनामूलक उद्देश्यसहित सम्पन्न फिस टनेल एक्स्पोले स्थानीय समुदाय र दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको आयोजकले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij