भक्तपुरमा दिदीबहिनी मृत फेला

भक्तपुरमा दिदीबहिनी मृत फेला

बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • भक्तपुरमा दिदीबहिनी मृत फेला

    भक्तपुर । भक्तपुरमा दुई दिदीबहिनी मृत फेला परेका छन् । एउटै डोरीमा झुण्डिएको अवस्थामा आज बिहान दुई दिदीबहिनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

    मध्यपुर थिमि नगरपालिका–८ बोडे सिन्टिटारस्थित डेरामा बस्दै आएकी १७ वर्षीया मेनुका  कँडेल र उनकी बहिनी १५ वर्षीया श्रृजना कँडेल मृत फेला परेको प्रहरीको भनाई छ । कँडेल दिदीबहिनी चक्रधर प्रजापतिको  ईट्टा र फलामले बनेको दुई तले घरको भुईं तलामा बस्दै आएका थिए । 

    सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिका –८ का स्थायी बासिन्दा रहेको बताइएको छ ।  उनीहरू बिहान पौने ७ बजे कोठाकै प्यासेजमा झुण्डिएको अवस्थामा फेला परेको भक्तपुर प्रहरीले जनाएको छ । घटनाबारे थप बिस्तृत विवरण आएको छैन । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij