भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा आज बिहान सडकमै पैदल पार गर्दै गरेकी ७१ वर्षीया सुवर्णकेशरी श्रेष्ठको बसको ठक्करबाट मृत्यु भएको छ ।
बनेपाबाट काठमाडौं जाँदै गरेको मयूर यातायातको बा.५ख.४७८२ नम्बरको बसले श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । तत्कालै उपचारका लागि भक्तपुर अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक श्रेष्ठ भक्तपुर नगरपालिका–४, मगलाछेंकी स्थायी बासिन्दा हुन् र हाल भक्तपुर आदर्शमा बसोबास गर्दै आएकी थिइन् ।
ठक्कर दिने बसका चालक नुवाकोटको शिवपुरी गाउँपालिका–२, छाप घर भई हाल काठमाडौं नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।