समुन्द्री माछाको जादूमय संसार अब भक्तपुरमै हेर्न सकिने

समुन्द्री माछाको जादूमय संसार अब भक्तपुरमै हेर्न सकिने

आइतवार, श्रावण ४ २०८२
आइतवार, श्रावण ४ २०८२
  • समुन्द्री माछाको जादूमय संसार अब भक्तपुरमै हेर्न सकिने

    भक्तपुर । भक्तपुरको राधेराधेमा सञ्चालनमा आएको "फिस टनेल एक्स्पो"मा समुन्द्री जीवहरूको सुन्दर संसार हेर्न अहिले भीड बढ्दो छ । आयोजक संस्था ‘औद्योगिक शान्ति नेपाल’का अनुसार असार ६ गतेदेखि सुरु भएको यो प्रदर्शनीमा अहिलेसम्म ५० हजारभन्दा बढी दर्शक आइसकेका छन् । एक्स्पो साउन १० गतेसम्म सञ्चालन हुनेछ ।

    4.jpg

    आयोजक अध्यक्ष सन्दिप महतका अनुसार, स्थानीय पर्यटन प्रवर्द्धन, बालबालिकालाई जलजीवको ज्ञान दिन र पारिवारिक मनोरञ्जनका लागि कार्यक्रम आयोजना गरिएको हो । नेपालकै सबैभन्दा ठूलो फिस टनेल भएको बताइएको यो एक्स्पोको मुख्य आकर्षण विशाल सुरुङ हो जहाँ दर्शकले समुन्द्री माहौलको अनुभव लिन सक्छन् ।

    2.jpg

    प्रदर्शनीमा भारत र थाइल्यान्डबाट ल्याइएका १२६ प्रजातिका रंगीचंगी र दुर्लभ माछा देख्न पाइन्छ, जसमा केहीको मूल्य दुई लाख रुपैयाँसम्म रहेको छ । माछाहरूको स्याहार गर्न आयोजकलाई चुनौती छ किनकि काठमाडौंको अस्थिर मौसमका कारण हालसम्म ८–१० लाख रुपैयाँ बराबरका माछा मरेका छन् ।

    3.jpg

    माछालाई खान, दाना र औषधि दिन मात्र पनि दैनिक करिब २५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएका छन् । अध्यक्ष महत भन्छन्, “यी माछा जोगाउनु भनेको समुद्र जोगाउनुजस्तै हो ।”

    बालबालिकालाई लक्षित खेलकुद, फोटो स्पट, रोटेपिङ, फुड स्टलजस्ता विभिन्न मनोरञ्जनात्मक सामग्रीहरू पनि प्रदर्शनीमै उपलब्ध छन् ।

    1.jpg

    फिस टनेल एक्स्पोका मुख्य विशेषताहरू :

    नेपालकै सबैभन्दा ठूलो माछा अवलोकन सुरुङ ।

    भारत र थाइल्यान्डबाट ल्याइएका १२६ प्रजातिका माछा ।

    २०० देखि २ लाख रुपैयाँसम्मका माछाहरू प्रदर्शनमा ।

    विद्यार्थीहरूको शैक्षिक भ्रमणका लागि विशेष छुट ।

    एकै स्थानमा पारिवारिक रमाइलोका सबै सामग्रीहरू ।

    ५० हजारभन्दा बढी दर्शक, र संख्यामा बढोत्तरी ।

    स्थानीय पर्यटन प्रवर्द्धनमा योगदान ।

    बालबालिकालाई जलजीवबारे जानकारी दिने अवसर ।

    मौसमको चुनौतीका कारण लाखौं रुपैयाँ बराबरको माछा मरेका ।

    दैनिक २५ हजार रुपैयाँ खर्च व्यवस्थापनमा लाग्ने ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij