डोलेश्वरमा आजदेखि श्रावणी मेला, बिहानैदेखि दर्शनार्थीको भीड

डोलेश्वरमा आजदेखि श्रावणी मेला, बिहानैदेखि दर्शनार्थीको भीड

बिहिवार, श्रावण १ २०८२
बिहिवार, श्रावण १ २०८२
  • डोलेश्वरमा आजदेखि श्रावणी मेला, बिहानैदेखि दर्शनार्थीको भीड

    भक्तपुर । प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आजदेखि श्रावणी मेला शुरु भएको छ ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले बताए । 


    अध्यक्ष बस्नेतका अनुसार, श्रावणी मेलाको पहिलो दिन बिहिवार बिहान स्थानीय चन्द्रविनायक मन्दीर पौखेलबाट डोलेश्वर मन्दीरसम्म कलश यात्राको आयोजना गरिएको थियो । सो यात्राको बागमति प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले शुभारम्भ गरेका थिए । 

    1.jpg
     
    डोलेश्वरमा ३८ दिनसम्म चल्ने मेला अवधिभर करिब तीन लाख स्वदेशी तथा भारतीय पर्यटकको आगमन हुने अनुमान गरिएको छ । समितिका अनुसार, डोलेश्वरमा श्रावणी मेलाका अवसरमा खासगरी शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने गर्दछ । अन्य दिनमा समेत पाँच सयदेखि एक हजारको हाराहारीमा दर्शनार्थी आउँने गर्दछन् । 

    मेलाबाट करिव एक करोड रुपैयाँ संकलन हुने अनुमान समितिले गरेको छ । २०६६ साल भदौ ६ गते डोलेश्वर मन्दिरलाई केदारनाथको शिर घोषणा गरेको दिनको अवसरमा भदौ ६ गते विशेष कार्यक्रमका साथ मेलाको समापन गरिने छ । मेलाको समापन सुर्यविनायक नगरपालिकाका नगर प्रमुख बाशुदेव थापाबाट गर्ने कार्यक्रम तय भएको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । 

    2.jpg

     
    मेलालाई थप प्रभावकारी बनाउँन प्रत्येक सोमबार र शनिबार विशिष्ट धार्मिक गुरुहरुबाट धार्मिक प्रवचन तथा कलाकारद्धारा भजन कृतन तथा प्रस्तुती गरिने भएको छ । डोलेश्वर मन्दीरलाई केदारनाथको शिर घोषणा गरिएको अवसरमा सर्वसाधारणले भदौ ६ गते मन्दिरको गर्भगृहसम्मै पुगेर पुजा गर्न पाउँने व्यवस्था मिलाइएको छ ।  

    मेला अवधिमा पाँच दर्जनबढी स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिने जनाइएको छ। सूर्यविनायक नगरपालिका–८ का वडाअध्यक्ष पुष्पराज बस्नेतले मेलालाई व्यवस्थित र शुरक्षित बनाउँन सिसीटिभीसमेत जडान गरिएको बस्नेतले बताए । 

    केदारनाथको शिर डोलेश्वर महादेव जिल्ला र देशमा मात्र सीमित नरही अन्तराष्ट्रिय पहिचान बनाउन सफल भएको बताउँदै  वडाअध्यक्ष बस्नेतले पछिल्लो समय डोलेश्वरमा हजारौंको संख्यामा भारतीय धार्मिक पर्यटकको उपस्थिति हुने गरेको जानकारी दिए । यसैबीच श्रावण शुरु भएसंगै सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा साउनको शुभारम्भसंगै दर्शनार्थीको चहलपहल बढ्न थालेको छ ।

    3.jpg   

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij