भक्तपुर मालपोत कार्यालयका प्रमुख र कार्यालय सहयोगी २४ लाख घुससहित पक्राउ

भक्तपुर मालपोत कार्यालयका प्रमुख र कार्यालय सहयोगी २४ लाख घुससहित पक्राउ

मंगलवार, आषाढ ३१ २०८२
मंगलवार, आषाढ ३१ २०८२
  • भक्तपुर मालपोत कार्यालयका प्रमुख र कार्यालय सहयोगी २४ लाख घुससहित पक्राउ

    भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुर मालपोत कार्यालयका प्रमुख र एक कार्यालय सहयोगीलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेका व्यक्तिहरूमा ५४ वर्षीय कुमार आचार्य (प्रमुख मालपोत अधिकृत) र ५१ वर्षीय टीकाराम राउत (कार्यालय सहयोगी) रहेका छन् । दुवैजनालाई मंगलबार कार्यालयमै घुस लिँदै गरेको अवस्थामा रंगेहात समातिएको अख्तियारले जनाएको छ ।

    अख्तियारकाे टोली नियन्त्रणका लागि गएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    कुमार आचार्यको स्थायी ठेगाना उदयपुरको बेलका नगरपालिका–४ हरीपुर हो भने हाल कागेश्वरी मनोहरा नगरपालिका–७ मा बसोबास गर्दै आएका छन् । राउतको स्थायी ठेगाना चाँगुनारायण नगरपालिका–९ हो र उनी हाल मध्यपुर ठिमी नगरपालिका–१ मा बस्छन् ।

    उनीहरूले भक्तपुरको चाँगुनारायणस्थित १४ रोपनी ४ आना जग्गा मोहीको नाममा दर्ता गर्ने प्रक्रिया (मोही र तल्सिङको लगत कट्टा गरी) मिलाउने भन्दै सेवाग्राहीबाट ठूलो रकम घुस लिइरहेका थिए । अख्तियारको टोलीले उनीहरूलाई सोही रकमसहित पक्राउ गर्नुका साथै दुईवटा मोबाइल सेट पनि बरामद गरेको छ ।

    यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij