आज कोसी र गण्डकीमा आंशिक बदली, तराईमा हुस्सु

आज कोसी र गण्डकीमा आंशिक बदली, तराईमा हुस्सु

बुधवार, पौष २५ २०८०
बुधवार, पौष २५ २०८०
  • आज कोसी र गण्डकीमा आंशिक बदली, तराईमा हुस्सु

    काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू–भागहरूमा हुस्सु र कुहिरो लागेको छ । हुस्सु र कुहिरोका कारण जाडो बढेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।  

    दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ विभागले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij