अपर हेवाखोलाबाट पुनः विद्युत् उत्पादन सुरु

अपर हेवाखोलाबाट पुनः विद्युत् उत्पादन सुरु

आइतवार, पौष २२ २०८०
आइतवार, पौष २२ २०८०
  • अपर हेवाखोलाबाट पुनः विद्युत् उत्पादन सुरु

    काठमाडौं ।  अपर हेवाखोला जलविद्युत् कम्पनीको आयोजना पुनः सञ्चालनमा आई विद्युत् उत्पादन सुरु भएको छ । गत असार २ गतेको बाढीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको थियो ।

    जसले गर्दा त्यसयता आयोजनाको विद्युत् उत्पादन ठप्प भएको थियो । ‘प्रसारण लाइनको पुनःनिर्माण, पावरहाउस तथा स्वीचयार्डमा जडान भएका विद्युतीय उपकरणहरुको आवश्यक परीक्षण र बाईपास क्यानल तथा कनेक्टिङ पाइपको मर्मत कार्य सम्पन्न भएको छ’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यी कार्यहरु सम्पन्न भएसँगै पावरहाउस सञ्चालन गरी विद्युत उत्पादन गर्न सम्भव भएको कम्पनीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij