नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत : राष्ट्रपति पौडेल

नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत : राष्ट्रपति पौडेल

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत : राष्ट्रपति पौडेल

    भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल पूर्वीय दर्शन, ज्ञान र परम्पराको स्रोत भएको बताउँदै पूर्वीय सभ्यताभित्र अनेक संस्कृति र सभ्यताको एकता र ऐक्यबद्धता देख्न सकिने बताएका छन् । 

    ब्रह्माकुमारी ज्ञानसरोवर एकेडेमी तथा रिट्रिट सेन्टरको आज नगरकोट वडा नं.६ मा उद्घाटन गर्दै उनले जसका कारण विश्वमा शान्ति, सहिष्णुता र बन्धुत्वको भावना जागृत गराउने काममा मद्दत पुग्ने बताए ।

    3.jpg

    राष्ट्रपति पौडेलले भने– ‘यसका लागि मानिसभित्र आपसी मित्रता, प्रेम, सद्भाव र सहअस्तित्वको पवित्र विचार सृजना गर्न आवश्यक छ । ’

    आज भौतिक विकाससँगै आध्यात्मिक चेतना, ज्ञान र जागरणको महशुस वर्तमान विश्वले गरिरहेको भन्दै  उनले मान्छे भौतिक विकासभित्र सुख र शान्तिको लागि भौंतारीरहेको उल्लेख गरे ।

    उनले विश्वमा चरम भौतिक विकासको चाहना र होडबाजी बढ्दै गएका कारण समाजमा शान्ति, सुव्यवस्था, आपसी सद्भाव, सहयोगको भावना खस्कँदै गएको बताए ।

    1.jpg

    राष्ट्रपति पौडेलले ब्रह्माकुमारीले चलाएको आध्यात्मिक जागरणको अभियानले समाजमा प्रेम, सद्भाव र शान्ति स्थापना गरी सभ्य र सुसंस्कृत समाज निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

    उनले ज्ञानसरोवर एकेडेमीमा बनेका चारधामसहितका तपस्या केन्द्रहरूले ज्ञान र योगका माध्यमबाट व्यक्ति र समाजमा आध्यात्मिक जागरण ल्याउन योगदान पुग्ने बताए । राष्ट्रपति पौडेलले यसबाट मानिसलाई आफूलाई संयम राख्दै सुखद जीवनयापनका लागि मद्दत पुग्ने बताए ।

    कार्यक्रममा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी डा.राज दादीमा लगायतले केन्द्रका विविध पक्षबारे चर्चा गरे ।

    4.jpg

    सत्र रोपनी जमिनमा बनेको एकेडेमीलाई आध्यात्मिक शिक्षा,योग र तपस्याको रुपमा विकास गर्ने लक्ष्य लिइएको केन्द्रले जनाएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij