भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • भक्तपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच जना घाइते

    भक्तपुर । भक्तपुरमा शुक्रबार साँझ ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–५ निवासी ४५ वर्षीय हरि गोविन्द सुवाल रहेका छन् ।

    जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार चाँगुनारायणबाट डेकोचातर्फ आउँदै गरेको ना २ त ९३४० नम्बरको ट्र्याक्टर अनियन्त्रण भएर पल्टिएको हो । दुर्घटनामा गम्भीर घाइते भएका सुवाललाई थप उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । त्यहाँबाट उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा रिफर गरिएकोमा उपचारको क्रममा शुक्रबार राति निधन भएको थियो ।

    ट्रयाक्टरमा सवार ४ जनाको भक्तपुर अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ३५ वर्षीया राधिका अवाल, ६० वर्षीय गोपाल कोजु, ४४ वर्षीय राधेश्याम सितिखु, ७४ वर्षीय पूर्णकेसी शिल्पकार रहेका छन् ।

    दुर्घटनामा घाइते भएका ४८ वर्षीय गणेश सुवालको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij