भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या

भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या

बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • भक्तपुरमा ९४ वर्षीया वृद्धाको हत्या

    भक्तपुर । भक्तपुर नगरपालिका-३ स्थित नासमनामा एक वृद्धाको हत्या भएको छ । ९४ वर्षीया विष्णुकुमारी त्वायनाको आफ्नै घरमा खुट्टा डोरीले बाँधेर मुखमा कपडा कोचेर हत्या भएको अवस्थामा प्रहरीले बुधबार राति फेला पारेको हो ।

    बिहान तरकारी किनेर घर गएकी विष्णुकुमारी दिनभरि पनि घरबाहिर ननिस्केपछि साँझ आफन्तले घरमा हेर्न जाँदा मृत अवस्थामा फेला पारेपछि प्रहरीलााई खबर गरेका थिए ।​

    वृद्धा महिला घरमा एक्लै भएको मौका छोपेर चोरी गर्ने उद्देश्यले हत्या भएको हुन सक्ने स्थानीयको अनुमान छ । यद्यपि, प्रहरीले हत्या सम्बन्धी अनुसन्धान अघि बढाएको जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधवप्रसाद घिमिरेका अनुसार घटना के-कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

    घटनास्थल भक्तपुर दरवार क्षेत्रको ३ सय मिटर उत्तरमा पर्छ । मृतक विष्णुकुमारीको शवलाई पोशमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पतालमा राखिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij