वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा दुई पक्राउ

वैदेशिक रोजगारीमा ठगी गरेको अभियोगमा दुई पक्राउ

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • वैदेशिक रोजगारीमा ठगी  गरेको अभियोगमा दुई पक्राउ

    काठमाडौँ । वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा  रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका–४ का सञ्जीव गुरूङ र क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ का गोकर्ण पराजुली पक्राउ परेका छन् । 

    अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु १९ लाख ७० हजार र पराजुलीले रु आठ लाख १७ हजार ठगेका थिए । अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij