काठमाडौं । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । जापानका पूर्व रक्षामन्त्री शिगेरु इसिबा देशको नयाँ प्रधानमन्त्री बन्नेछन् ।
शुक्रबार शिगेरु इसिबा जापानको सत्तारुढ लिबरल डेमोक्रयाटिक पार्टी (एलडीपी) र देशको नेतृत्व गर्नको लागि चुनिएका हुन् ।
वर्तमान सत्तारुढ एलडीपीका नेता शिगेरु इसिबा प्रधानमन्त्री बन्ने लगभग निश्चित छ। संसदको तल्लो सदनमा पार्टीको पूर्ण नियन्त्रण रहेकाले इसिबा अब जापानको प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
जापानको लोकतान्त्रिक प्रणालीमा संसदको तल्लो सदनलाई निकै शक्तिशाली मानिन्छ। पहिलो र दोस्रो चरणको मतदानमा इशिबाले आर्थिक सुरक्षा मन्त्री साने ताकाइचीलाई हराएका थिए।