सर्लाहीकाे हरिपूर्वामा गोली प्रहार गरी श्रीमतीको हत्या

सर्लाहीकाे हरिपूर्वामा गोली प्रहार गरी श्रीमतीको हत्या

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • सर्लाहीकाे हरिपूर्वामा गोली प्रहार गरी श्रीमतीको हत्या

    बरहथवा(सर्लाही) । जिल्लाको दक्षिण पूर्वी क्षेत्र हरिपूर्वामा गएराति एक व्यक्तिले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 

    बिहीबार राति १ बजे हरिपूर्वा नगरपालिका–५, हरिपूर्वा निवासी अन्दाजी २३ वर्षकी चित्रलेखा यादवको आफ्नै श्रीमान्ले गोली हानी हत्या गरेका छन् । उनीहरुबीच घरायसी विवाद भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

    वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले गएराति घर आएर श्रीमतीसँग विवाद गरी गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । 

    घटनामा संलग्न युवकले विवादमा आफ्नै बुवा ५४ वर्षका रामदिनेश यादवलाई पनि गोली हानेर घाइते बनाएका छन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij