साढे ३ किलो चरेससहित दुई जना पक्राउ

साढे ३ किलो चरेससहित दुई जना पक्राउ

बिहिवार, आश्विन १० २०८१
बिहिवार, आश्विन १० २०८१
  • साढे ३ किलो चरेससहित दुई जना पक्राउ

    काठमाडौं । कैलालीमा साढे तीन किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ । बुधबार जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक(सई) गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले तीन किलो चार सय ८० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गौरिगंगा नगरपालिका–८ बडैपुर बस्ने बझाङको केदारस्युँ गाउँपालिका–६ बस्ने अन्दाजी २३ वर्षीय गोविन्द धामी र बाजुरा खप्तड छेडेदह गाउँपालिका–४ घर भएर धनगढी उपमहानगरपालिका–३ मा बाजुरा होटल सञ्चालन गर्ने ४१ वर्षीया मनमति ऐडी रावत रहेको कैलाली प्रहरीले जानकारी दिएकाे छ । 

    पक्राउ परेका धामीको झोला चेकजाँच गर्दा दुई किलो ७४० ग्राम चरेस र रावतको होटल खानतलासी गर्दा आधा किलो भन्दा बढि सात सय ४० ग्राम बरामद गरिएको प्रहरीले बताए । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij