चाँगुनारायण नगरपालिका नगरसभाको १४ औ अधिवेशनको सम्पन्न

चाँगुनारायण नगरपालिका नगरसभाको १४ औ अधिवेशनको सम्पन्न

शुक्रवार, पौष २० २०८०
शुक्रवार, पौष २० २०८०
  • चाँगुनारायण नगरपालिका नगरसभाको १४ औ अधिवेशनको सम्पन्न

    भक्तपुर । चाँगुनारायण नगरपालिका नगरसभाको १४ औ अधिवेशनको सम्पन्न भएको छ । सो अधिवेशनले हालसम्म संचालित योजना तथा कार्यक्रमहरुको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । 

    y.jpeg

    भौतिक पूर्वाधार विकास तर्फ मूलपानी चाँगु, छालिङ नाटेश्वरी हुदै नगरकोट निक्लने बाटो, सैनिक व्यारेक देखि छालिङ जोड्ने सडक कालोपत्रे, दुवाकोट मूल सडक कालोपत्र कार्य प्रारम्भ भई सकेको छ । उक्त सडकको बाँकी खण्ड चांडै कालोपत्रे संचालनमा आउने छ । भौतिक पूर्वाधारका अन्य कार्यहरु भएका र हुँदै गरेको छन् । चाँगुनारायण फाष्ट ट्रयाकको निर्माण कार्य अघि बढेको छ । खस्याङ खुसुङ–घट्टेखोला  करिडोर निर्माणको कार्य प्रारम्भ हुने चरणमा रहेको नगरपालिकाले जनाएको छ । 

    अर्धवार्षिक समीक्षा अनुसार निःशुल्क स्वास्थ्य विमा कार्यक्रम मार्फत पहिलो त्रैमासिकमा २३ लाख ६४ हजार २ सय ५० रुपैयाँ भुक्तान भएको नगरपालिकाले जनाएको छ । मंसिर महिना भित्र नगरपालिका भित्र रहेका दीर्घरोगीका लागि मासिक ५ हजार रुपैयाँका दरले औसधि उपचार खर्च बापत ३९ लाख १९ हजार ५ सय रुपैयाँ भुक्तान भएको नगरपालिकाले जनाएको छ । 

    up.jpeg

    त्यस्तै, यस आर्थिक वर्षमा हाल सम्म जम्मा १०५ वटा व्यवसाय दर्ता गरिएको छ साथै दर्ता नभई सञ्चालन भएका नगर भित्रका व्यवसायहरुलाई कडाईका साथ दर्ता प्रक्रियामा ल्याईएको छ भने आर्थिक बर्ष २०८०।८१ को सामाजिक सुरक्षा भत्ता प्रथम त्रैमासिक किस्तामा समावेश ४ हजार ३ सय १९ जना लाभग्राहीलाई ४ करोड ३७ लाख ८७ हजार ६ सय ३५  रुपैयाँ बैंक मार्फत रकम भुक्तानी गराएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij