अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा, ४५ दिन कार्यालय बन्द गर्न आदेश

अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा, ४५ दिन कार्यालय बन्द गर्न आदेश

आइतवार, आश्विन ६ २०८१
आइतवार, आश्विन ६ २०८१
  • अल जजिराको कार्यालयमा इजरायली सेनाको छापा, ४५ दिन कार्यालय बन्द गर्न आदेश

    काठमाडौं । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंकको रामल्लाहमा रहेको न्यूज च्यानल अल जजीराको कार्यालयमा छापा मारेको छ । उनीहरूले अल जजीराको कार्यालय ४५ दिनका लागि बन्द गर्न आदेश दिएका छन् ।

    आइतबार बिहान हतियारधारी इजरायली सैनिकहरु न्यूज च्यानलको कार्यालयमा प्रवेश गरेका थिए । सैनिकहरुले अल जजिराका वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दियो जनाइएको छ । 

    आतंकवादलाई समर्थन गरेको र बढावा दिएको आरोप लगाइएको छ । आइतवारको छापामा देखिए जस्तै, अल जजीरामा यो प्रतिबन्ध एक पटकमा ४५ दिनको लागि रहनेछ र थप विस्तार हुन सक्छ। गत मे महिनाको सुरुवातमा पनि नजरथ र पूर्वी जेरुसेलमको अल जजिराको कार्यालयमा छापा मारिएको थियो ।

    अप्रिलमा इजरायलको संसदको एउटा कानुन पास गरेको थियो, जसमा राष्ट्रिय सुरक्षाका लागि खतरा मानिएको विदेशी च्यानलको प्रसारण अस्थायी रुपमा बन्द गर्न सक्ने अधिकार सरकारलाई दिइएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij