कर्णाली प्रदेश : दुई महिनामा डेढ प्रतिशत मात्र बजेट खर्च

कर्णाली प्रदेश : दुई महिनामा डेढ प्रतिशत मात्र बजेट खर्च

बुधवार, आश्विन २ २०८१
बुधवार, आश्विन २ २०८१
  • कर्णाली प्रदेश : दुई महिनामा डेढ प्रतिशत मात्र बजेट खर्च

    काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा कर्णाली प्रदेशको बजेट खर्च डेढ प्रतिशत मात्र भएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को साउन र भदौमा कर्णाली प्रदेशले १.७ प्रतिशत मात्र बजेट खर्च गरेको हो । 

    चालू आर्थिक वर्षका लागि कर्णाली प्रदेशले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये हालसम्म ५३ करोड ७० लाख रुपैयाँ मात्र खर्च भएको छ । गत आर्थिक वर्षको दुई महिनाको अवधिमा कर्णाली सरकारले हालको भन्दा कम अर्थात् १.१८ प्रतिशतमात्र बजेट खर्च गरेको थियो । 

    सो अवधिमा कर्णाली प्रदेश सरकारले पुँजीगत बजेटका लागि छुट्याएको रकमको १२ करोड ८६ लाख २८ हजार ५०७ रुपैयाँ खर्च गरेको छ । चालु खर्चका लागि छुट्याएको बजेटमध्ये भने ४० करोड ८३ लाख ८१ हजार ५४४ रुपैयाँ मात्र खर्च भएको छ ।

    हालसम्मको खर्चको अवस्था हेर्दा विकास बजेटभन्दा चालु बजेट तीन गुणाभन्दा बढी खर्च भएको देखिन्छ । सरकारले यो वर्ष चालुतर्फ १२ अर्ब ४० करोड ९१ लाख ७३ हजार र पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार बराबरको बजेट विनियोजन गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij