संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि ताला, खोल्न उपकुलपतिको आह्वान

संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि ताला, खोल्न उपकुलपतिको आह्वान

बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि ताला, खोल्न उपकुलपतिको आह्वान

    काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयमा तीन महिनादेखि लगाइएको ताला खोल्न उपकुलपति प्रा. डा. भीमप्रसाद खतिवडाले लिखित रूपमा आह्वान गरेका छन् । तीन महिनादेखि संस्कृत विश्वविद्यालयमा लागेको ताला खोल्ने वातावरण बनाउन उनले बुधबार सरोकारवाला निकायलाई आग्रह गर्दै लिखित आह्वान गरेका हुन् ।

    विश्वविद्यालयको बेलझुण्डीस्थित केन्द्रीय कार्यालय र आंगिक निकायमा तीन महिनादेखि ताला लाग्दा आर्थिक, शैक्षिक, प्राज्ञिक र प्रशासनिक काम पूर्णरूपमा प्रभावित भएको भन्दै उनले विद्यार्थी, प्राध्यापक र कर्मचारीका साझा संगठनहरू, स्ववियुलगायत सरोकारवाला सबै पक्षलाई यसप्रति संवेदनशील हुन आह्वान गरेका हुन् ।

    विद्यार्थी संघसंगठन र आंशिक शिक्षकहरूले विभिन्न माग राखी तालाबन्दी गरेका छन् । विश्वविद्यालयका तर्फबाट जनता विद्यापीठ बिजौरीका प्राचार्य योगराज शर्माको संयोजकत्वमा गठित वार्ता समितिसँग संवाद गरी शीघ्र निकास निकाल्न र अवरोधको अन्त्य गर्न उनले आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij