भक्तपुरमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

भक्तपुरमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

आइतवार, माघ २८ २०८०
आइतवार, माघ २८ २०८०
  • भक्तपुरमा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

    भक्तपुर । सूर्यविनायकमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

    शनिबार बेलुका साँगाबाट जगाती तर्फ आउँदै गरेको बा.२ ख.९४५४ नं.को भाडाको बस र विपरित  दिशाबाट जाँदै गरेको बा.७८ प.३१५५ नं.को मोटरसाइकल एकआपसमा ठोक्किँदा  मोटरसाइकल चालक जिल्ला काभ्रे धुलिखेल नगरपालिका७  बाँसघारी घर भई बस्ने वर्ष ५४ को मुकुन्द प्रसाद तिमल्सिनाको मृत्यु भएको हो। 

    ठक्करबा गम्भिर घाइते भई उपचारको लागी मध्यपुर अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। घटनास्थलमा प्रहरी वृत्त जगाती भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई अनुसन्धान कार्य गरिरहेको छ।

    दुर्घटना भएको मोटरसाइकल, बस र बस चालक जिल्ला दोलखा भिमेश्वर नगरपालिका( ७  घर भई हाल काभ्रे बस्ने वर्ष ३५ को देहेन्द्र सिंह बस्नेतलाई प्रहरी वृत जगाती भक्तपुरको नियन्त्रणमा राखिएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij