कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ‘ईकु’ पक्राउ

कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ‘ईकु’ पक्राउ

बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • कलाकार भिसामा विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा ‘ईकु’ पक्राउ

    काठमाडौं । वैदेशिक रोजगार ठगीमा कलाकार सुलेमान शंकर (ईकु) पक्राउ परेका छन् । कलाकार भिषामा युरोप पठाउछु भनि विभिन्न व्यक्तिसंग रकम ठगी गरेको आरोपमा मंगलवार बुढानिलकण्ठ नगरपालिका ३ हात्तिगौडाबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

    बिभिन्न देशहरुमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरुमा आवश्यक पर्ने कलाकारको रुपमा कलाकार भिषामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशहरुमा लैजाने भनि विशेषगरी भौगोलिक रुपमा विकट क्षेत्रका मानिसहरुलाई ईकुले ठगी गरेको उजुरी प्रहरीमा परेको थियो।

    युरोपेली मुलुकहरुमा राम्रो काम पाईने र आम्दानी समेत सोही अनुरुप आकर्षक हुने प्रलोभन देखाई एसएमएस फिल्मस प्रालीका नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिब्यक्ति १५ देखि २० लाखसम्म रकम जम्मा गर्न लगाउने गरेको अनुसन्धानका क्रममा खुलेको छ।

    विदेश जान तयार मानिसहरुले खातामा रकम जम्मा गरिसकेपछी रकम जम्मा गर्ने व्यक्तिहरुले कलाकार भिषामा विदेशी मुलुकमा भिषा प्रयोजनको लागि आवश्यक पर्ने बैंक स्टेटमेन्ट लगायतका कागजातहरु समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पिडितहरुले भिषा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागि तयारी हुँदैछ भनी झुलाउने गरिएको पनि खुलेको छ। उनलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij