निर्मला कुर्मी मृत्यु प्रकरणका आरोपित लुम्बिनीका मन्त्री बादशाह कुर्मीद्वारा राजीनामा

निर्मला कुर्मी मृत्यु प्रकरणका आरोपित लुम्बिनीका मन्त्री बादशाह कुर्मीद्वारा राजीनामा

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • निर्मला कुर्मी मृत्यु प्रकरणका आरोपित लुम्बिनीका मन्त्री बादशाह कुर्मीद्वारा राजीनामा

    काठमाडौं । लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन् । बाँकेकी निर्मलादेवी कुर्मीलाई अपहरण गरी बेपत्ता पारेको आरोप लागेका उनी गत साउन ९ गते मन्त्री बनेका थिए । 

    मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारमा उनले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

    जानकी गाउँपालिका परस्पुरकी कुर्मीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको भनी आफन्त र अधिकारकर्मी आन्दोलित छन् ।

    सरकारी प्रतिवेदनबाट पनि बादशाह दोषी देखिएको दाबी उनीहरूले गरेका छन् ।

    बादशाह नेपाली कांग्रेसबाट निर्वाचित प्रदेश सांसद हुन्। चौतर्फी विरोध भएपछि उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij