अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी अध्यक्षमा गुरुङ विजयी

अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी अध्यक्षमा गुरुङ विजयी

मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी अध्यक्षमा गुरुङ विजयी
    कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा त्रिदिप गुरुङ निर्वाचित भएका छन्  ।
     
    यही भदौ २३ गतेदेखि पोखरामा सुरु भएको दोस्रो प्रदेश सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको आज बिहान सार्वजनिक मतपरिणामअनुसार गुरुङ एक सय ३७ मतसहित विजयी थिए। 
     
    उनका प्रत्याशी रामकृष्ण भट्टले ७१ मत ल्याए । खुला उपाध्यक्षमा बसन्त भट्टचन(कास्की), सरोजवल्लभ भट्टराई (गोरखा), अशोक मरहठ्ठा (गोरखा) विजयी हुनुभयो । यसैगरी समावेशी उपाध्यक्षमा कुलबहादुर बुढा (बागलुङ) र महिला उपाध्यक्षमा सीता बराल(तनहुँ) निर्विरोध हुनुभएको छ । 
     
    प्रमुख सचिवमा सुजन बाँस्तोला (कास्की) तथा सचिवमा खुलातर्फ प्रदीप ढकाल (गोरखा), विशद उपाध्याय(नवलपुर) र सन्दिप महतो(नवलपुर) निर्वाचित भए । महिला सचिवमा जुना गुरुङ(लमजुङ), समावेशीमा दुर्गा विक (लमजुङ) र कोषाध्यक्षमा अनिल सुनार)बागलुङ) निर्विरोध भएको निर्वाचन समितिका संयोजक अधिवक्ता निर्मला क्रान्तिले जानकारी दिए। क्रान्तिकारीको प्रदेश समिति ७५ सदस्सीय रहेको छ । 
     
    सम्मेलनले ६५ सदस्य निर्वाचित गरेको र बाँकी १० जना मनोनित गरिने निर्वतमान अध्यक्ष सुदिन पौडेलले जानकारी दिए । निर्वाचन समिति सदस्यमा विपीन आचार्य र अमरदिप पराजुली रहेका थिए। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij