बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु (अपडेट)

बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु (अपडेट)

शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु (अपडेट)

    काठमाडौं । बागलुङमा बाढीले मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका– ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको हो।

    कुँडुलेदेखि मालिका जाँदै गरेको ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर गएराती बाढीले बगाएको थियो । मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा, २० वर्षीय कमल सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।

     सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल रातीनै फेला परेको थियो । बाढीमा परेका २० वर्षीय कमल सापकोटाको भने आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । बेपत्ता कमलको खोजी भइरहेको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij