लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

बुधवार, भाद्र १९ २०८१
बुधवार, भाद्र १९ २०८१
  • लुम्बिनी प्रदेशमा आइतबार सार्वजनिक बिदा

    काठमाडौं । लुम्बिनी प्रदेश सरकाले बर्का अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेशका थारू समुदायको बसोवास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ ।

    थारू समुदायको बसोजास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ ।

    थारू समुदायमा महत्त्वका साथ मनाइने बर्का अट्वारी पर्व यस वर्ष भदौ २३ गते आइतबार परेको छ । यो पर्वमा थारू समुदायका पुरुष उपवास ‘व्रत’ बस्ने चलन छ ।

    यो पर्व निराहार व्रत बसी सूर्यको पूजा गरी मनाइने सांस्कृतिक मान्यता छ । थारू समुदायले सूर्यलाई उज्यालोको प्रतीकको रूपमा मान्दै आएका छन् ।

    पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ । कुशे औंसीपछिको पहिलो आइतबार यो पर्व मनाउने गरिन्छ ।

    आइतवार मनाइने हुँदा यो पर्वको नाम अट्वारी राखिएको मान्यता छ । आइतवारलाई रविवार पनि भनिन्छ । रवि अर्थात् सूर्य । सूर्य अग्निको प्रतीक पनि हो ।

    प्रकृतिपूजक थारू समुदायले विशेषगरी सूर्यको उपासना, पूजाआजा गरी बर्का अट्वारी पर्व धुमधामका साथ मनाउने प्रचलन रहिआएको छ ।

    null

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij