भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो २ मन्त्रालय

भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो २ मन्त्रालय

आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  • भागबन्डा मिलाउन गण्डकीमा फुटाइयो २ मन्त्रालय

    काठमाडौं । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर ९ वटा मन्त्रालय बनाइएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले वन, वातावरण तथा उद्योग, पर्यटन मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाउने निर्णय गरेको हाे । 

    अब गण्डकीमा मन्त्रालयको संख्या नौ पुगेको छ । हाल कायम रहेका सातमध्ये उद्योग, पर्यटन, वन तथा वातावरणबाट वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्यबाट स्वास्थ्यलाई नयाँ मन्त्रालय कायम गरिएको हो ।

    आइतबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आवश्यकता, कार्यभार र औचित्यताको आधारमा मन्त्रालय विभाजन गरिएको बताए ।

    अहिले गण्डकीमा मुख्यमन्त्री पाण्डेसहित सामाजिक विकासमा विन्दुकुमार थापा, भौतिक पूर्वाधारमा दीपक मनाङे (राजीव गुरुङ), ऊर्जा, जलस्रोत तथा खानेपानीमा फणिन्द्र देवकोटा र अर्थ मन्त्रालयमा डा. टकराज गुरुङ मन्त्री छन् ।

    भूमि व्यवस्था तथा कृषि मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय भने मुख्यमन्त्री आफैँले सम्हालेका छन् ।

    मन्त्रालयको संख्या ९ बनाएसँगै नेकपा (एमाले) चार मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको छ । तर, उसले कुन मन्त्रालय लिने भन्ने टुंगो लागिसकेको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij