गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • गोठमा आगो लाग्दा दुई बालबालिकाको मृत्यु

    अछाम ।  गोठमा आगो लाग्दा अछाममा दुई बालबालिकाको ज्यान गएको छ । जिल्लाको मेल्लेख गाउँस्थित एउटा गोठमा खेलिरहेका दुई बालबालिकाको बुधवारसाँझ आगलागीमा परेर मृत्यु भएको हो । 

    प्रहरीका अनुसार, जिल्लाको मेल्लेख गाउँपालिका–३ ठाटी दर्बाका जयबहादुर बुढा र झङ्करे बुढाको खरले छाएको गोठमा आगलागी हुँदा छ वर्षीया निरुता बुढा र तीन वर्षीय अङ्कित बुढाको मृत्यु भएको हो । दुवै बालबालिकाको शव जलेको गोठबाट निकालेर पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij