साफ यू-२० : भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश फाइनलमा

साफ यू-२० : भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश फाइनलमा

सोमवार, भाद्र १० २०८१
सोमवार, भाद्र १० २०८१
  • साफ यू-२० : भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश फाइनलमा

    काठमाडौं । साविक विजेता भारतलाई पेनाल्टी शुटआउटमा हराउँदै बङ्गलादेश २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलकाे फाइनलमा पुगेकाे छ ।

    ललितपुरकाे सातदाेबाटाेमा रहेकाे एन्फा कम्प्लेक्स मैदानमा आज भएकाे दाेस्राे सेमिफाइनलमा बङ्गलादेशले भारतलाई ४–३ ले हरायाे । निर्धारित ९० मिनेटकाे समयमा १–१ गाेलकाे बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेकाे हाे ।

    अब बङ्गलादेशले उपाधिका लागि पर्सि बुधवार नेपालसँग खेल्नेछ । हिजाे भएकाे पहिलाे सेमिफाइनलमा भुटानलाई हराउँदै नेपाल फाइलनमा पुगेकाे थियाे । फाइनल खेल काठमाडौंकाे त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा हुनेछ ।

    गएको संस्करणमा भारतले बङ्गलादेशलाई हराउँदै उपाधि जितेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij